काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको दलिलसहित गत कात्तिक २७ गते जसपा नेपालबाट निर्वाचित ४ र नागरिक उन्मुक्ति पार्टीका एकसहित ५ जना सांसदलाई पदमुक्त गरेका थिए ।
जसपा नेपालका सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शंकर साह कलबनर र नाउपा सांसद उर्मिला सिंहलाई पदमुक्त गरिएको थियो ।
तर सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त मुद्दामा कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफल गर्न पनि झिकाएको छ।













प्रतिक्रिया