प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा « Khabarhub

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठक बसिरहेको छ।

एकजना नेता सुशील श्रेष्ठका अनुसार गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेकपासँगक एकताबारे छलफल गर्न अहिले काठमाडौं बैठक बसिरहेको छ ।

नेताहरूका अनुसार माओवादी केन्द्र छाडेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी छाडेका माधव नेपालले बनाएको नेकपासँग उनीहरूको एकता हुने अघि बढ्न सक्नेछ ।

यसअगाडि एकताका लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा छलफल भएको थियो । यता नेकपाका नेताहरू पनि अशोक राई नेतृत्वको जसपा आफ्नो पार्टीमा मिसिने कुरामा ढुक्क जस्तै देखिएका छन्।

श्रेष्ठ कार्यकारणी सदस्यहरूले बोल्ने क्रममा बहुमतअनुसारको निर्णय पार्टीले मान्ने बताउँछन् । एमालेबाट छाडेर संघीय समाजवादी पार्टी बनाएका अशोक राई अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर जसपा चलाइरहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : २५ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका