प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा « Khabarhub

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठक बसिरहेको छ।

एकजना नेता सुशील श्रेष्ठका अनुसार गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेकपासँगक एकताबारे छलफल गर्न अहिले काठमाडौं बैठक बसिरहेको छ ।

नेताहरूका अनुसार माओवादी केन्द्र छाडेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी छाडेका माधव नेपालले बनाएको नेकपासँग उनीहरूको एकता हुने अघि बढ्न सक्नेछ ।

यसअगाडि एकताका लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा छलफल भएको थियो । यता नेकपाका नेताहरू पनि अशोक राई नेतृत्वको जसपा आफ्नो पार्टीमा मिसिने कुरामा ढुक्क जस्तै देखिएका छन्।

श्रेष्ठ कार्यकारणी सदस्यहरूले बोल्ने क्रममा बहुमतअनुसारको निर्णय पार्टीले मान्ने बताउँछन् । एमालेबाट छाडेर संघीय समाजवादी पार्टी बनाएका अशोक राई अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर जसपा चलाइरहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : २५ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)