सुदनको दाबी : अशोकसहित सुमना र हर्कसँग पनि संवादमा छौँ « Khabarhub

सुदनको दाबी : अशोकसहित सुमना र हर्कसँग पनि संवादमा छौँ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक सुदन किरातीले सबै वैकल्पिक शक्तिहरूसँग आफूहरूको छलफल भइरहेको बताएका छन्। 

राईले अशोक नेपालको जनता समाजवादी पार्टीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना श्रेष्ठसंग समेत वार्ता भइरहेको बताएका हुन्। 

राईले यति मात्र नभएर धरानका मेयर हर्क साम्पाङसँग पनि आफूहरूको वार्ता भइरहेको दाबी गरेका छन्।

‘मिलेसम्म पार्टी एकता नमिले पनि मोर्चाबन्दी गरेर अगाडि बढ्ने विषयमा विभिन्न वैकल्पिक शक्तिहरूसँग छलफल भइरहेको छ।’ राईले खबरहबसँग भने, ‘अशोक राईको जसपादेखि सुमना श्रेष्ठ र धरानका मेयर हर्क साम्पाङ लगायतसँग हामी नियमित जस्तो संवादमा छौँ।’

उनले पार्टी एकता गर्ने विषयमा नभए पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनेमा सबै सकारात्मक रहेको दाबी गरे। पछिल्लो समय धरानका मेयर राईले श्रम संस्कृति पार्टी दर्ता गरेर विभिन्न जिल्लामा आफ्नो संगठन विस्तार गरिरहेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ३६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट