सुदनको दाबी : अशोकसहित सुमना र हर्कसँग पनि संवादमा छौँ « Khabarhub

सुदनको दाबी : अशोकसहित सुमना र हर्कसँग पनि संवादमा छौँ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक सुदन किरातीले सबै वैकल्पिक शक्तिहरूसँग आफूहरूको छलफल भइरहेको बताएका छन्। 

राईले अशोक नेपालको जनता समाजवादी पार्टीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी सुमना श्रेष्ठसंग समेत वार्ता भइरहेको बताएका हुन्। 

राईले यति मात्र नभएर धरानका मेयर हर्क साम्पाङसँग पनि आफूहरूको वार्ता भइरहेको दाबी गरेका छन्।

‘मिलेसम्म पार्टी एकता नमिले पनि मोर्चाबन्दी गरेर अगाडि बढ्ने विषयमा विभिन्न वैकल्पिक शक्तिहरूसँग छलफल भइरहेको छ।’ राईले खबरहबसँग भने, ‘अशोक राईको जसपादेखि सुमना श्रेष्ठ र धरानका मेयर हर्क साम्पाङ लगायतसँग हामी नियमित जस्तो संवादमा छौँ।’

उनले पार्टी एकता गर्ने विषयमा नभए पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनेमा सबै सकारात्मक रहेको दाबी गरे। पछिल्लो समय धरानका मेयर राईले श्रम संस्कृति पार्टी दर्ता गरेर विभिन्न जिल्लामा आफ्नो संगठन विस्तार गरिरहेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ३६ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)