एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा « Khabarhub

एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने भएको छ।

नेकपाले सोमबार ती एकता सभाको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा गठन भइसकेको अवस्थामा देशव्यापी एकता सन्देश सभा गर्न लागिएको हो ।

प्रदेशस्तरीय एकता सन्देश सभाअन्तर्गत सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंसिर १२ गते, लुम्बिनी प्रदेशको राजधानी दाङ-देउखुरीमा मंसिर १३ गते र गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते एकता सन्देशसभा हुने भएको छ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश (काठमाडौं) मा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, संघीय सम्पर्क समन्वय प्रदेश (काठमाडौं) मा मंसिर १९ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते सभा हुने भएको छ।

उता प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते एकता सन्देश सभा आयोजना हुनेछ ।

आगामी मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभा हुने भएको छ ।

मंसिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभा हुने भएको छ। एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहका कार्यालयले गर्ने भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ४७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट