दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्‍यो, हाम्रो आन्दोलन रोकिँदैन  « Khabarhub

दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्‍यो, हाम्रो आन्दोलन रोकिँदैन 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् ।  

सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् ।

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आफूहरूको आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

त्यस्तै प्रसाईँले जेन-जीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए । 

उनले आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत संग्रह गर्नुपर्ने बताए । जनमत संग्रहमा नगए आफूहरूको आन्दोलन निरन्तर अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ५५ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि