दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन « Khabarhub

दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सदस्यहरूले उक्त विधेयकलाई अघि बढाउन सहजताका लागि सरकारलाई मस्यौदा सुझाव प्रतिवेदन दिए पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । 

समिति सदस्य बामदेव गौतमले मुलुकमा ठुलो परिवर्तन आए पनि दलित समुदायको अधिकारका लागि कोही पनि गम्भीर हुन नसकेको बरु थिचोमिचो बढ्दै गएको बताए ।  

त्यस्तै अन्य सदस्यहरूले दलित समुदायका नाममा हुने विभेद अन्त्य गर्न कानुनमा नै सुधार गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०३ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि