छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा « Khabarhub

लाइसेन्स छपाइ

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

छाप्ने र बाँड्नेबीच छैन तालमेल



काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको हो ।

लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए ।

पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका ५ सय थान लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याङ्क पठाएको थियो । तर छपाइ सुरु भएको चौध दिनसम्म पनि छापिइसकेका ती लाइसेन्स विभाग र आवेदकको हात लागेको छैन । जसकारण वैदेशिक रोजगारी, विदेश अध्ययन र अत्यावश्यक सेवाका लागि आवेदन दिएका सेवाग्राही मारमा परेका छन ।

‘हामीले केन्द्रले छाप्ने लाइसेन्सको नमूना हेरेपछि तथ्याङ्क दिएअनुरुप पाँचसय प्रति लाइसेन्स छापिइसकेका छन् । सम्भवत् छापिएका लाइसेन्स आज केन्द्रले पठाउनेछ भन्ने बुझेका छौं । तर, विभागमा आइनपुगेसम्म ढुक्कसँग भन्न सकिँदैन । विभाग भने हिजोसम्म सङ्कलन भएका ११ सय र आज थपिने अन्य आवेदकको तथ्याङ्क केन्द्रमा छपाइका लागि पठाउने तयारीमा छ,’ सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

उनका अनुसार सम्झौताका क्रममा केन्द्रले अत्याधुनिक उपकरणबाट काम हुने भएकाले ढिलाइ नहुने बताएपनि प्राविधिक जटिलताका कारण समस्या भएको हो । यता केन्द्र भने छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण भइरहेको र नेपालमै पर्याप्त नभए विदेश पठाउने तयारी गरेको जनाएको छ ।

‘पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने मापदण्डका विभिन्न आधार हुने रहेछन् सोहीअनुरुप यतिबेला पानीमा, तेलमा राखेर तुरुन्त भिज्छ भिज्दैन, हामीले छापेको लाइसेन्सको आयु कति दिर्घकालिन हुन्छ भन्ने परीक्षण भइरहेको छ । यो परीक्षण नेपालभित्रका ल्याबमा गरेका छौं । यो अब हप्तादिनमा पुरा हुन्छ त्यसपछि बल्ल विभागमा पठाउनेछौं ।’ केन्द्रका निर्देशक देवराज ढुङ्गानाले बताए ।

छापिएका लाइसेन्सको गुणस्तरमा ढुक्क हुन परीक्षणकै चरणमा रहेको केन्द्रले विभागबाट दोस्रो चरणको छपाइका लागि मंगलबार थप तथ्याङ्क पाउने केन्द्रले जानकारी दिएको छ । ‘अहिले गरेको परीक्षण दोस्रो चरणको परीक्षण हो, त्यसैले दोस्रो चरणको छपाइका लागि विभागले सोमबारसम्म संकलित तथ्याङ्क छपाइका लागि पठाउनेछ ।’ ढुङ्गानाले भने ।

विभागले २५ लाख लाइसेन्स छाप्न बाँकी छ । जसमध्ये विभागले २७ करोड ६० लाख रुपैयाँ बजेटमा १२ लाख थान मात्र छाप्न सकिने भएकाले थप बजेट आवश्यक रहेको खतिवडाले जनाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : २२ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले