न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो « Khabarhub

न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ ।

आंकडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ । त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि भएको छ । दूध १३.५ प्रतिशत, तत्काल पिउन मिल्ने कफी २५.५ प्रतिशत, चीज ३०.१ प्रतिशत र ताजा अण्डा १८.५ प्रतिशतले महँगो भएको तथ्यांकमा उल्लेख छ ।

‘बिहानको खाजामा अण्डा र कफी सेवन गर्नेहरूले यी वस्तुहरू महँगो भएको महसुस गर्न सक्नेछन्,’ राष्ट्रिय तथ्याङ्क विभागका मूल्य विश्लेषक निकोल ग्रोडेनले बताए।

वार्षिक मूल्य वृद्धिका बावजुद, अक्टोबर महिनामा सेप्टेम्बरको तुलनामा खाद्य सामग्रीको मूल्य ०.३ प्रतिशतले घटेको छ । यसको मुख्य कारण तरकारीको मूल्य १०.७ प्रतिशतले घट्नु हो, जुन नवेम्बर सन् २०२१ पछि सबैभन्दा ठूलो मासिक गिरावट हो ।

त्यस्तै, बिजुली र ग्यासको मूल्य पनि बढ्दै गएको छ । अक्टोबर सन् २०२५ सम्म १२ महिनामा बिजुली ११.८ प्रतिशत र ग्यास १४.४ प्रतिशतले वृद्धि भएको छ । मासिक रूपमा बिजुलीको मूल्य ०.५ प्रतिशत र ग्यासको मूल्य १.९ प्रतिशतले बढेको देखिएको छ । यसरी दुबै साधनको मूल्य लगातार ११ महिनादेखि बढ्दै गएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

यस मूल्य वृद्धिले सामान्य नागरिकको दैनिक जीवनमा असर पुर्यायको छ । विशेष गरी दूध, अण्डा, कफी र चीजको मूल्य वृद्धिले खानपिनका वस्तुहरू महँगो भएको महसुस गराएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : १४ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि