नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल « Khabarhub

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् । 

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन् ।

उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको आरोप समेत लगाए ।

निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखे । अन्य राजनीतिक दलहरूले पनि जेन-जी पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे । पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गरे ।  

त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरू, वैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरूले जेन-जी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाए । जेन-जी आन्दोलनमा षडयन्त्र गर्नेहरूको परिचालन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ०१ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई