नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल « Khabarhub

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् । 

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन् ।

उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको आरोप समेत लगाए ।

निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखे । अन्य राजनीतिक दलहरूले पनि जेन-जी पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे । पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गरे ।  

त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरू, वैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरूले जेन-जी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाए । जेन-जी आन्दोलनमा षडयन्त्र गर्नेहरूको परिचालन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ०१ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको