लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु « Khabarhub

लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहानमा अब कानसम्बन्धी जटिल समस्या लिएर सङ्घीय राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्दै गएको छ । लहान–३ अस्पताल चोक नजिकै आजदेखि ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’मार्फत आधुनिक उपचार सुरु गरिएको छ ।

लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थानीयस्तरमै उपलब्ध यो सेवाले कानसम्बन्धी उपचारमा खर्च र समय दुवै बचत हुने बताए। 

उनले भने, ‘स्थानीयस्तरमै उपलब्ध यो केन्द्रले कानसम्बन्धी उपचारमा नगरवासीलाई ठुलो राहत दिने विश्वास गरेको छु । केन्द्रले सबै वर्गका बिरामीलाई सहज शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ ।’

केन्द्रका अध्यक्ष डा ऋषि भट्टका अनुसार केन्द्रमा आधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टिममार्फत नियमित सेवा प्रदान गरिनेछ । 

दूरबिनको सहयोगमा बिनाचिरफार हुने कानका नाजुक शल्यक्रियादेखि जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने वा जाम हुने समस्या, कान पाक्ने, कम सुनिने, रिँगटा लाग्नेजस्ता विभिन्न समस्याको उपचार यहाँबाट सहजै पाउन सकिने उनले बताए। 

विपन्न वर्गलाई लक्षित गर्दै केन्द्रले पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरङ्ग सेवामा शत प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ५५ बजे

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल