लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु « Khabarhub

लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहानमा अब कानसम्बन्धी जटिल समस्या लिएर सङ्घीय राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्दै गएको छ । लहान–३ अस्पताल चोक नजिकै आजदेखि ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’मार्फत आधुनिक उपचार सुरु गरिएको छ ।

लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थानीयस्तरमै उपलब्ध यो सेवाले कानसम्बन्धी उपचारमा खर्च र समय दुवै बचत हुने बताए। 

उनले भने, ‘स्थानीयस्तरमै उपलब्ध यो केन्द्रले कानसम्बन्धी उपचारमा नगरवासीलाई ठुलो राहत दिने विश्वास गरेको छु । केन्द्रले सबै वर्गका बिरामीलाई सहज शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ ।’

केन्द्रका अध्यक्ष डा ऋषि भट्टका अनुसार केन्द्रमा आधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टिममार्फत नियमित सेवा प्रदान गरिनेछ । 

दूरबिनको सहयोगमा बिनाचिरफार हुने कानका नाजुक शल्यक्रियादेखि जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने वा जाम हुने समस्या, कान पाक्ने, कम सुनिने, रिँगटा लाग्नेजस्ता विभिन्न समस्याको उपचार यहाँबाट सहजै पाउन सकिने उनले बताए। 

विपन्न वर्गलाई लक्षित गर्दै केन्द्रले पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरङ्ग सेवामा शत प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ५५ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई