अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने « Khabarhub

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था आएमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्ने भएको छ।

अहिलेसम्म भारतका विभिन्न विमानस्थलमा डाइभर्ट गर्ने प्रचलन तोड्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने जनाएको छ।

निगमको सोमबार बसेको बोर्ड बैठकले मंसिर ३ देखि लागू हुने गरी भैरहवालाई आधिकारिक रूपमा डाइभर्ट गन्तव्य बनाउने निर्णय गरेको हो।

निगमका अनुसार यस कदमले आपतकालीन अवस्थामा आइपर्ने अतिरिक्त खर्चमा उल्लेखनीय कमी आउने छ । उडान समय पनि बचत हुने निगमका प्रवक्ता अनिल घिमिरेले बताए ।

घिमिरेका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रक्रिया सुरू गर्ने निर्णय पनि बैठकले गरेको छ।

निगमसहित अन्य एयरलाइन्सका जहाज विभिन्न कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्थामा भारततिर डाइभर्ट गर्ने चलन छ ।

निगमले पनि आफ्ना जहाज भारततर्फ डाइभर्ट गर्ने गरेको थियो। तर अब नयाँ निर्णयसँगै आपतकालीन अवस्थामा त्रिभुवन विमानस्थलमा बस्न नसक्ने उडानहरू भैरहवा र त्यसपछि पोखरा विमानस्थल पनि वैकल्पिक रुपमा प्रयोग हुने भएका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ०३ बजे

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको