सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र सक्रिय रूपमा अघि बढ्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै केन्द्रको भूमिकालाई अझ सशक्त बनाउन निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्ध कडा कारबाही भएकाले सतर्कता केन्द्रले दण्डात्मक उपायभन्दा अघि नै भ्रष्टाचार हुन नदिने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

छलफलपछि प्रधानमन्त्रीले केन्द्रलाई चार बुँदे निर्देशन दिइन्। प्रधानमन्त्री कार्यालयका अनुसार सतर्कता केन्द्रलाई अब विकास–निर्माण, सेवा प्रवाह र भ्रष्टाचार रोकथामका क्षेत्रमा अझ सक्रिय र जवाफदेही बनाइने योजना छ।

प्रधानमन्त्रीका ४ निर्देशात्मक बुँदा

भ्रष्टाचार रोकथामलाई प्राथमिकता
सार्वजनिक निकायमा हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे प्राप्त उजुरीमा सतर्कता केन्द्रले प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्देश। भ्रष्टाचार भएपछि मात्रै कारबाही होइन, भ्रष्टाचार हुनै नदिने वातावरण बनाउन जोड।

सेवा प्रवाहमा सुधार
सार्वजनिक निकायले दिने सेवालाई प्रभावकारी बनाउन नियमन र अनुगमन बढाउन भनिएको छ। केन्द्रले आफ्ना निर्देशन कार्यान्वयन भए–नभएको पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने उल्लेख।

विकास योजनामा गुणस्तरीयता
विकास–निर्माणका योजनामा गुणस्तर कायम गरी समय र लागतभित्रै काम सम्पन्न गराउन सतर्कता केन्द्रले ध्यान दिनुपर्ने प्रधानमन्त्रीको निर्देशन। यसका लागि आवश्यक जनशक्ति र वित्तीय स्रोतको व्यवस्था गर्न पनि बताइयो।

जनताले महसुस गर्ने प्रभावकारिता
सतर्कता केन्द्रको काम आम नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने बन्दोबस्त गर्न प्रधानमन्त्रीले निर्देशन दिएकी छन्।

    प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ३९ बजे

    बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

    काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

    सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

    सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

    विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

    बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

    सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

    प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु