छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ « Khabarhub

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले तीन ‘बिचौलिया’लाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई ‘छिटोछरितो पासपोर्ट बनाइदिने’ भन्दै अतिरिक्त रकम लिने गरेका थिए।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको काममा समेत अवरोध पुर्‍याउँदै आएको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी