संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस « Khabarhub

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अदालत नजाने स्पष्ट पारेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेलाई कांग्रेसको प्राथमिकतामा चुनाव रहेको बताएका हुन्।

सभामुखले आइतबार कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकसँग संयुक्त छलफल गरेका थिए। भेटमा कांग्रेसका तर्फबाट घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालत नजाने जानकारी गराएका हुन्।

घिमिरेकै अगुवाइमा विघटित प्रतिनिधि सभाका कांग्रेसका केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि सभापति शेरबहादुर देउवा पक्षकै कतिपय सांसदले हस्ताक्षर गरेनन् भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले हस्ताक्षर अभियानप्रति असहमति नै राखेका थिए।

छलफलमा एमालेका बर्तौलाले भने कांग्रेस र एमालेले निर्णय गर्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै अदालत जान सकिने बताएका थिए। यसअघि सभामुख घिमिरे आफैँ प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा अदालत जाने तयारी गरे पनि पछि हटेका थिए।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। सोही दिन प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। अहिले दल दर्ताको काम धमाधम भइरहेको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : २७ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित