काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने « Khabarhub

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ।

यो निर्णय नेपालको संविधान र सर्वोच्च अदालतको फैसलामा आधारित रहेको महानगरपालिकाले स्पष्ट पारेको छ।

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले मंसिर १ गते जारी गरेको पत्रमार्फत यो निर्देशन जारी गरेको हो। विभागीय प्रमुख दीपक अधिकारीद्वारा हस्ताक्षरित पत्रमा नेपालको संविधानको धारा २२१ अनुसूची–८ को क्रम संख्या ४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ बमोजिम बहाल कर उठाउने एकल अधिकार स्थानीय तहमा रहेको उल्लेख गरिएको छ।

पत्रमा थप जानकारी दिँदै यसअघि नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व कार्यालयहरूबाट संस्थागत बहाल कर असुल हुने गरेकोमा, सर्वोच्च अदालतमा परेको रिट को मुद्दामा संयुक्त इजलासले महत्त्वपूर्ण फैसला गरेको स्मरण गराइएको छ।

सर्वोच्चले नेपालको संविधान र अन्तर्राष्ट्रिय कन्भेन्सन व्यवस्था बमोजिम स्थानीय तहको अधिकार रहेको ठहर गर्दै बहाल कर संकलन गर्न स्थानीय तहलाई कुनै पनि बाधा नरहेको फैसला सुनाएको थियो।

सोही फैसलालाई आधार मानी काठमाडौँ महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरूलाई पत्राचार गरी महानगरभित्रका सबै संघ/संस्था, बहुउद्देश्यीय भवन र व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न अनुरोध गरेको छ।

यस निर्णयले महानगरपालिकाको आन्तरिक राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी