सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री  « Khabarhub

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएकी छन् ।  

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेन-जीको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न निर्वाचन गर्न ध्यान दिएको बताएकी हुन्।

आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम भइरहेको उनले जानकारी दिइन् ।

उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । 

प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन निर्वाचन बाहेकको विकल्प नरहेको जिकिर गरिन् ।

उनले समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान समेत गरिन् । 

नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले आफ्नो भूमिकालाई जबाफदेही बनाउनुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री कार्कीले पाटन आफैँमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित सङ्ग्रहालय भएको भन्दै सम्पदा जगेर्नामा जोड दिइन्।  

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १ : ३६ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय