स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर « Khabarhub

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो ।

निजी क्षेत्रबाट करिब २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीयबासिन्दालाई शेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थगित भएका जानकारी दिए । 

स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ शेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए ।
 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ४ : ५७ बजे

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत