एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत « Khabarhub

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरू भएयता साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसेको जानकारी दिए ।

उनका अनुसार ८ घण्टाको अवधिमा सोचेभन्दा सुस्त गतिमा मतदान भएको हो । पोखरेलले छिटोमा ९ मिनेटदेखि ढिलोमा २ घण्टा १२ मिनेटसम्म एकजना मतदातालाई मतदान गर्न समय लागेको पनि जानकारी दिएका छन् ।

एमालेले भक्तपुरको सल्लाघारीबाट गत मंसिर २७ गते एघारौँ महाधिवेशन सुरू गरेको थियो । महाधिवेशनअन्तर्गत बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरू भएको थियो ।

यो महाधिवेशनमा कूल २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एक जना मतदातालाई मत हाल्न करिब ३० मिनेटको समय लाग्ने आँकलन गरिए पनि २ घण्टाभन्दा धेरै लागेको छ ।

यो मतदान यही गतिमा अघि बढे बिहीबार मध्याह्नसम्मको समय लाग्ने सम्भावना देखिएको छ। महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन