बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।’

निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रवक्ता आचार्यले बताए।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ४५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार