आज २०८१ साल माघ ५ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल माघ ५ गते शनिबारको राशिफल


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। धन सञ्चित हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट सचेत बन्नुपर्नेछ।

वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। राजनीतिमा साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ। सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ। इज्जतका लागि धन खर्च हुनेछ। मनमा सन्तुष्टि बढ्ने योग छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ।

कर्कट : साथीले तपाईंको कुरा काटिरहेका छन्। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। मेहिनेतको फल प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। पारिवारिक घुमघामको अवसर मिल्ने योग छ।

कन्या : साना कुराले मन अशान्त बन्नसक्छ। सोचेको भन्दा बढी खर्च हुने भएकाले मन अशान्त बन्नेछ। परिवारबाट लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने भएकाले धैर्यता आवश्यक देखिन्छ।

तुला : मनमा उत्साह बढ्नेछ। आजको कामलाई निरन्तरता दिएमा दीर्घकालीन योजना बन्नेछ। शिक्षाको क्षेत्रमा मेहिनेत गर्नुपर्ने हुन्छ। विपक्षी साथी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। दैनिक काममा अवरोध हुनसक्ने जोखिम छ। बिहान उठेर सूर्य र पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। परिवारमा विवाद हुने जोखिम छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन्।

धनु : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। विपक्षी ठानेका साथीको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका अंगमा नोकरी भए बढुवा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्ने जोखिम छ। राजनीतिक क्षेत्रमा बहुमत रहेकाले काम सहजै बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य छ। मनमा अशान्ति बढ्नेछ। लगानीका क्षेत्रबाट भने फाइदा हुनेछ। व्यापारको लगानीबाट फाइदा हुनेछ। बौद्धिक साथी विपक्षी समूहमा सहभागी भएकाले बोल्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ।

मीन : नयाँ ठाउँको यात्रा तय हुनेछ। आफन्तसँगको बोली र व्यवहारमा फरक भएकाले काम गर्दा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्नेछ। आफ्ना भनिएका साथीले कुरा काट्ने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ५ : २० बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट