यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८:१५ बजे खेल्न सुरु गर्नेछन् भने दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। आजको अर्को खेल नाइजेरिया र सीमोवाबीच हुनेछ।

पूजा महतोको कप्तानीमा रहेको नेपाली टिमले अभ्यास खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो भने अमेरिकासँग पाँच विकेटले पराजित भयो। नेपाली टिम चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरेर मलेसिया पुगेको हो।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : १८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन