तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना « Khabarhub

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ५२ बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री