पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन « Khabarhub

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो । पुरानो बजारमा अहिले पनि एक सय वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन् । यहाँको नारायण चोक सांस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।

बागलुङ नगरपालिका– ३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउने गरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।

नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ । सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बत्तीले झिलीमिली पारिएको छ ।

बागलुङ नगरपालिका– ३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।

बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनर्निर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो ।

मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथि खरले छाएका प्रवेशद्वार बनाइएको छ ।

बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचारप्रसारमा जुटेको बागलुङ नगरपालिका– ३ का वडा अध्यक्ष सनी केसीले बताइन् ।

नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ ।

मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जसमा नेवारी र मगर संस्कृति देखाउनसमेत थालिसकेको छ ।

विसं २०११ सालमा बीपी कोइरालाले समेत भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दसैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिँगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए ।

भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाइ छ । ‘मौलिक घर नै हाम्रा सम्पत्ति हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्र्याउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचान अनुसारको खानाका परिकार र आतिथ्यता दिनथालेका छन्’ राजभण्डारीले भने, ‘खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचारप्रसार हुँनेछ ।’

सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जितप्रसाद मलेपतीले बताए । एक सय वर्षभन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जालजस्ता सामग्री बिक्री गर्दै आएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताए । आधुनिकतासँगै मौलिकतासमेतको समेत महत्व बढेर आएको उनको भनाइ छ ।

उनले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताए ।

नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरेको ५२ झ्याले घर समेत संरक्षण गरी राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनका लागि महत्वपूर्ण मानिँदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँचलगायतका नाँचहरुले समय–समयमा प्रदर्शन गरिँदै आइएको छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : २५ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको