युद्ध विरामपछिको इजरायल र मध्यपूर्व | Khabarhub Khabarhub

युद्ध विरामपछिको इजरायल र मध्यपूर्व


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

१५ महिनाको समय न इजरायलको लागि सुखद रह्यो, न त हमासका लागि। इजरायलले प्यालेस्टाइनमाथि अतिक्रमण गर्न खोजेको भन्दै हमासलाई साथ दिने हिजबुल्लाहले समेत धरै क्षति सहेको थियो।

युद्ध कसैका लागि पनि सुखद हुँदैन। युद्धले कसैलाई पनि लाभ दिएको इतिहास छैन। हमासले नेता गुमाएको छ। हिजबुल्लाहले पनि नेता गुमाएको छ। इजरायलले नागरिक गुमायो। आर्थिक क्षति पनि सहेको छ।

प्यालेस्टाइनको भौतिक संरचना ध्वस्त भएका छन्। अबको बाटो के भन्ने सवाल सर्वत्र उठेको छ। हार या जितभन्दा इजरायलका अतिवादी दक्षिणपन्थीलाई छाड्ने हो भने अन्यको चाहना युद्ध विराम नै हो।

शुक्रबार राति अबेर ढिला गरेर यो युद्ध विरामलाई इजरायलको क्याबिनेटले स्वीकार गरेको छ। शुक्रबार सुरुवातमा इजरायलको सेक्युरिटी क्याबिनेटले यसलाई अनुमोदन गरेको थियो भने त्यसपछि पूर्ण क्याबिनेटमा यो प्रस्ताव लिएर गइएको थियो। प्रस्ताव पारित भएपछि इजरायल र गाजामा खुसी छाएको छ। यो खुशीमा पनि केही प्रश्न अझै बाँकी छन्।

प्यालेस्टाइनको भौतिक संरचना ध्वस्त भएका छन्। अबको बाटो के भन्ने सवाल सर्वत्र उठेको छ। हार या जितभन्दा इजरायलका अतिवादी दक्षिणपन्थीलाई छाड्ने हो भने अन्यको चाहना युद्ध विराम नै हो।

हमासको शक्ति
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२ सय जना भन्दा बढीको ज्यान गएको थियो। यसको लगत्तै इजरायलले प्रत्याक्रमण स्वरूप हवाई आक्रमण गरेको थियो। सोही प्रत्याक्रमणका कारण ४६ हजार भन्दा बढीको ज्यान गएको थियो।

इजरायलले शरणार्थी शिविर, ठुला भवन र अन्य संरचना सर्वत्र आक्रमण गरेको थियो। सो आक्रमणको एउटै जवाफ दिनेक्रममा इजरायलले हमास नेतालाई लक्षित गरेको भन्दै आएको थियो। युद्ध विरामको खाका तयार भएपछि पनि इजरायलले आक्रमण गर्न छाडेको छैन। सय जना भन्दा बढीको ज्यान गइसकेको छ।

यस युद्धमा हमासले नेता याया शनावरलाई गुमाएको छ। साथमा गत सेप्टेम्बरमा भएको एक आक्रमणमा अर्का प्रभावशाली नेता फताह सरिफ पनि बाँकी नरहेपछि हमासको नेतृत्वमा थप संकट आएको थियो। यसैगरी इस्माइल हानिए पनि जसलाई महिनामा मारिएका थिए। उनलाई छोटो दुरीको हतियार प्रहार गरेर मारिएको जनाइएको छ।

हमासका नेता सैन्य गण कसाम ब्रिगेडको स्थापना गरेका सलिम एल एराउरी पनि सन् २०२४ को सुरुवातमा मारिएका थिए। मार्च महिनामा भएको अर्को आक्रमणमा हमासका तत्कालीन समयका उप नेता मरवान इसा पनि मारिएका थिए।

इजरायलले हमासलाई शक्तिहीन बनाउने लक्ष्य राखेको थियो। त्यो लक्ष्य पुरा नहुँदै युद्ध विराम भएको छ। हमास फेरि सङ्गठित हुने र फेरि शक्तिशाली हुने सम्भावना भने बाँकी नै छ।

कत्ति बन्दी जीवित छन् ?

अहिले धेरैको अनुमान बाँकी रहेका ९४ बन्दी मध्य ३४ जना भन्दा बढी मारिएको अनुमान छ। तर यो प्रस्ट र यकिन भने होइन। यसको तथ्यांक बाहिर आएको छैन। यो युद्ध विरामपछि सबै बन्दीका आफन्तमा एक किसिमको आशाको सञ्चार पलाएको छ। साथमा मनमा भय पनि छाएको छ। आफन्तको वास्तविक जानकारी पाउन उनीहरूले अझ केही दिन कुर्नु पर्ने हुनसक्छ।

बफर जोनमा इजरायलको उपस्थिति कसरी हट्ने या नहट्ने प्रश्न धेरैमा रहेको छ। प्यालेस्टाइनबाट इजरायली सेना हट्ने जनाइएको छ। तथापि सीमामा हुने गतिविधिले विगतमा धेरै युद्ध विराम भङ्ग भएका छन्। यस कारण यो विषयमा पनि केही आशङ्का नभएका होइनन्।

इजरायली सरकारको भविष्य
इजरायलको क्याबिनेटले शुक्रबार अबेर गरेर युद्ध विराम गर्ने निर्णय पास गरेको छ। यस निर्णयपछि इजरायलमा नेतान्याहु सरकारमा संकट ल्याएको साँचो हो। सडकमा अति दक्षिणपन्थी दलका कार्यकर्ता उत्रेर विरोध प्रदर्शन गरेका छन्। जेविस पावर पार्टीका नेता तथा आन्तरिक सुरक्षा मन्त्री इतमार बेन सिभिरले सरकार छाड्ने बताइसकेका छन्। १२० सदस्सीय संसद् सो दलको ६ सिट छ। यसको मतलब अहिले सरकारको पक्षमा ६८ बाट झरेर ६२ को साथ रहने छ।

संसदमा सात सिट रहेको बेजलाल स्मोटसरिचको नेतृत्वमा रहेको जियोनिजनम दलले युद्ध विराम कार्यान्वयन भएमा पहिलो चरण सकिँदासम्म सरकारबाट हट्ने बताइ सकेको छ। पहिलो चरणमा ४२ दिनमा सकिने छ। तसर्थ युद्ध विराम सकिए पनि नेतान्यहु सरकारको निरन्तरताका बारे धेरै प्रश्न उठेका छन्।

नेतान्याहुको सफलता वा असफलता
यो युद्ध भन्दा अघि पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि विपक्षीले धेरै आरोप लगाएका थिए। ७ अक्टोबरका दिन इजरायलमा हमासले आक्रमण गरेपछि सबैको ध्यान आन्तरिक राजनीतिमा भन्दा बढी प्यालेस्टाइन विरुद्धको आक्रमणमा केन्द्रित भएको थियो।

१५ महिनाको समयमा बारम्बार नेतान्याहुको सरकारमा संकट नआएको होइन। नोभेम्बर महिनाको सुरुवातमा नै रक्षामन्त्री युसुफ गालान्ट सरकारबाट बाहिरिए। यसले इजरायलको आन्तरिक द्वन्द्व प्रस्ट पारेको थियो। आन्तरिक रूपमा जे भए पनि उनी अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न सफल भइसकेका छन्।

नेतान्याहुको शासनकालमा साउदी अरेबियासँगको सम्बन्ध सुध्रिएको छ। इजिप्ट, संयुक्त अरब इमिरेट्स र यसयुद्ध विराममा सबै भन्दा महत्त्वपूर्ण भूमिका रहेको कतारसँग अहिले नेतान्याहुको सम्बन्ध नजिकिएको छ।

१५ महिनाको समयमा बारम्बार नेतान्याहुको सरकारमा संकट नआएको होइन। नोभेम्बर महिनाको सुरुवातमा नै रक्षामन्त्री युसुफ गालान्ट सरकारबाट बाहिरिए। यसले इजरायलको आन्तरिक द्वन्द्व प्रस्ट पारेको थियो।

मध्यपूर्वमा इजरायल र अन्य अरब देशको मनमुटाबको कारण अशान्ति हुने सम्भावना कम भएको छ। परन्तु आफ्नै देशको आन्तरिक राजनीतिक अवस्था सुधार गर्न भने नेतान्याहुलाई कठिन छ।

आइतबारदेखि लागु हुनेगरी युद्ध विराम ३ चरणमा सकिने छ। यस तीन चरणमा बन्दी रिहाइ, इजरायलले जेलमा राखेका प्यालेस्टाइनलाई छाड्ने तथा इजरायली सेनाले प्यालेस्टाइन छाड्ने काम सकिने छ। तथापि केही कुरा अनिश्चित बनेको छ।

मृतक बन्दीको विवरण, नेतान्याहु र इजरायली सरकारको भविष्य तथा इजरायलको अन्य देशसँगको सम्बन्ध चासोको विषय हुन्।

स्रोतः बिबिसी, सिएनएन, हिन्दु, फिनान्सियल टाइम्स

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ८ : २८ बजे

पाँचखालमा सात सय जनाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक– काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सात सय

मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान

चितवन– सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

सिरहा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

जेरुसेलम– इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता

नेपालगञ्ज– नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप