श्रमजीवी माथिको अन्यायविरुद्ध काठमाडौँमा र्‍याली « Khabarhub

श्रमजीवी माथिको अन्यायविरुद्ध काठमाडौँमा र्‍याली


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रमजीवीमाथि हुने गरेको अन्याय–अत्याचारविरुद्ध काठमाडौँमा रातो घेरा कोरौँ भन्ने नारासहित र्‍यालीको आयोजना गरिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा शनिबार काठमाडौँको भृकुटीमण्डपबाट र्‍यालीको आयोजना गरिएको हो ।

असमानताको विरुद्ध रातो घेरा कोरौँ भन्ने नारा सहित विश्वव्यापी कार्यक्रम अन्तर्गत नेपालमा पनि र्‍यालीको आयोजना गरिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

विश्वमा १ प्रतिशत धनाढ्यहरू श्रमिकहरूप्रति असमान व्यवहार गर्ने गरेको भन्दै उनले त्यसलाई अन्त्य गर्नका लागि रातो घेरा अभियान चलाइएको बताए ।

र्‍यालीमा सहभागी भएकाहरूले जिउन पुग्ने ज्याला व्यवस्था गर, गरिब श्रमिकलाई हैन धनाढ्यलाई कर लगाऊ, हामी ९९ प्रतिशत हौ, हाम्रो कुरा सुन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ५७ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा