श्रमजीवी माथिको अन्यायविरुद्ध काठमाडौँमा र्‍याली « Khabarhub

श्रमजीवी माथिको अन्यायविरुद्ध काठमाडौँमा र्‍याली


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रमजीवीमाथि हुने गरेको अन्याय–अत्याचारविरुद्ध काठमाडौँमा रातो घेरा कोरौँ भन्ने नारासहित र्‍यालीको आयोजना गरिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा शनिबार काठमाडौँको भृकुटीमण्डपबाट र्‍यालीको आयोजना गरिएको हो ।

असमानताको विरुद्ध रातो घेरा कोरौँ भन्ने नारा सहित विश्वव्यापी कार्यक्रम अन्तर्गत नेपालमा पनि र्‍यालीको आयोजना गरिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

विश्वमा १ प्रतिशत धनाढ्यहरू श्रमिकहरूप्रति असमान व्यवहार गर्ने गरेको भन्दै उनले त्यसलाई अन्त्य गर्नका लागि रातो घेरा अभियान चलाइएको बताए ।

र्‍यालीमा सहभागी भएकाहरूले जिउन पुग्ने ज्याला व्यवस्था गर, गरिब श्रमिकलाई हैन धनाढ्यलाई कर लगाऊ, हामी ९९ प्रतिशत हौ, हाम्रो कुरा सुन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ५७ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा