यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित  « Khabarhub

यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा जारी १९ वर्ष मुनीको आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ ।

बङ्गलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जीतका लागि नेपालले दिएको ५३ रनको लक्ष्य भेट्टाएको छ । 

शनिबारको आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल मात्रै तयार पार्न सकेको थियो ।

बङ्गलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ रन जोडिन् । सुमैया अक्तरले १२ रन जोड्दा अफिया अशिमा इरा ९ रनसहित अविजित रहिन् । जनातुल माउवा ५ रन बनाएर अविजित रहँदा सुमैया अक्तर सुबोमा ४ रन बनाएर पवेभेलियन फर्किएकी थिइन् । 

नेपालका लागि सिमाना केसी, पूजा महतो, रिया शर्मा र रचना चौधरीले समान १ विकेट लिए । नेपालले दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : ०२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन