लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश « Khabarhub

लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्षसमेत रहेका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झासहितका कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । 

वीरगञ्जमा शनिबार आयोजित ‘वृहत् पार्टी प्रवेश’ कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राईले झासहितका लोसपाका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा लोसपाका केन्द्रीय उपाध्यक्ष झा, केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु कल्याणकारिणी समाजका महासचिव विकास चौधरीले पनि जसपा प्रवेश गरेको जसपाका उप–महासचिवसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवको सचिवालयले जानकारी दिएको छ । 

कार्यक्रममा लोसपा, जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका गरी पाँच सय बढी नेता–कार्यकर्ताहरू जसपामा प्रवेश गरेको केन्द्रीय सदस्य जनार्दन यादवको दाबी छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : २९ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो