युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या « Khabarhub

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

गाजा– हमास र इजरायल बिचको युद्ध भोलीबाट समाप्त हुँदै छ ।

कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ध बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

तर, युद्ध बिराम घोषणा भएपछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ ।

सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन् भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् ।

उनका अनुसार सो सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : ४७ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा