युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या « Khabarhub

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

गाजा– हमास र इजरायल बिचको युद्ध भोलीबाट समाप्त हुँदै छ ।

कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ध बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।

तर, युद्ध बिराम घोषणा भएपछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ ।

सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन् भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् ।

उनका अनुसार सो सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : ४७ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल