च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा, पाकिस्तानसँग कहिले खेल्छ ?  « Khabarhub

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा, पाकिस्तानसँग कहिले खेल्छ ? 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा गरेको छ । बीसीसीआईले शनिवार च्याम्पियन्स ट्रफीका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जायसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रवीन्द्र जडेजा, हार्दिक पान्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन् । 

च्याम्पियन्स ट्रफीको आयोजक राष्ट्र पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेलहरू दुबईमा हुने बीसीसीआईले जनाएको छ । 

बीसीसीआईका अनुसार भारतीय टोलीले फेब्रुअरी २० मा आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने छ । भारतीय टोलीको दोस्रो खेल फेब्रुअरी २३ मा पाकिस्तानसँग हुनेछ । 

आगामी मार्च २ मा भारतीय क्रिकेट टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्ने छ । भारतीय टोलीले हुई पटक च्याम्पियन्स ट्रफी उचाली सकेको छ । सन् २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : २२ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट