भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत  « Khabarhub

भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा बाजागाजासहित स्वागत गरिएको छ । 

एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृहजिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् । 

गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए । 

अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ । 

रावलका समर्थकमध्येका एक तपेन्द्र रावलले उक्त भिडियो फेसबुकमा राख्दै लेखेका छन्, ‘अछामी जनतामा जागरण आइसक्यो, अब देशभर जागरण ल्याउन मातृभूमि जागरण अभियानसहित देशभर आउँदै हुनुहुन्छ, अब देशभक्त जनता तयार रहेर बसौँ ।’

रावललाई अछामकै रामारोशन गाउँपालिकाको मुजा बजारमा पनि समर्थकहरूले भव्य स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : ४१ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको