आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड « Khabarhub

आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । 

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा शनिबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गत स्थानीय तह निर्वाचनमा तेस्रो बनेको पार्टीलाई उपनिर्वाचनमा ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरे । 

‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ । अब ग्रामथान थपिएपछि यो सङ्ख्या १२३ पुगेको छ,’ प्रचण्डले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’

गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उल्लेख गर्दै प्रचण्डले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वडा जिताउनुका साथै अन्य वडामा पनि मत सङ्ख्या बढाएर विरोधीलाई ठुलै जवाफ दिएको बताए । 

‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई सङ्ख्या र लोकप्रिय मत दुवैमा पहिलो पार्टी बनाएको छ,’ प्रचण्डले भने, ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनीतिक महत्वको जीत हो ।’ 

उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै स्थानीय जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । 

केन्द्रीय समिति बैठकको दस्ताबेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि प्रचण्डले गराए । उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी गरेको स्विकार्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : ५३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था