आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड « Khabarhub

आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । 

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा शनिबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गत स्थानीय तह निर्वाचनमा तेस्रो बनेको पार्टीलाई उपनिर्वाचनमा ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरे । 

‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ । अब ग्रामथान थपिएपछि यो सङ्ख्या १२३ पुगेको छ,’ प्रचण्डले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’

गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उल्लेख गर्दै प्रचण्डले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वडा जिताउनुका साथै अन्य वडामा पनि मत सङ्ख्या बढाएर विरोधीलाई ठुलै जवाफ दिएको बताए । 

‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई सङ्ख्या र लोकप्रिय मत दुवैमा पहिलो पार्टी बनाएको छ,’ प्रचण्डले भने, ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनीतिक महत्वको जीत हो ।’ 

उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै स्थानीय जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । 

केन्द्रीय समिति बैठकको दस्ताबेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि प्रचण्डले गराए । उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी गरेको स्विकार्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : ५३ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि