बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी « Khabarhub

बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गरेका छन् । 

आफ्ना आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उनका एकपक्षीय कामविरूद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहेका नेता लुकासेन्कोले आगामी सप्ताहन्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो । 

लुकासेन्को र बेलासको दङ्गा प्रहरीले सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको व्यापक आरोपको विरोधमा सडकमा उत्रिएका दसौँ हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो ।

अधिकारवादी समूहका अनुसार सन् २०२० मा लुकाशेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको छ ।

शनिबार उनले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिएका हुन् । उनीहरूलाई अधिकारीहरूले ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । 

जनवरी २६ मा हुन लागेको मतदानको दौडानमा आफूलाई उदारवादी नेता पुष्टि गर्न उनले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिई रिहा गर्ने आदेश गरेका छन् ।

लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नु पर्ने छैन र गत हप्ता एक कारखानाको भ्रमणको क्रममा उनले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताएका थिए । 

शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन र तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन।

राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ, उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तहरूसँग सम्पर्क गर्न इन्कार गरिन्छ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : १८ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस