कृषि र पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध : सभामुख घिमिरे « Khabarhub

कृषि र पर्यटन प्रवर्द्धनमा सरकार प्रतिबद्ध : सभामुख घिमिरे


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मन्थली– सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाएका छन् । 

आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताए।

 सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिए । 

प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एवं सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनका सम्पन्न भएको हो । सो अवसरमा पञ्चेबाजासहितको ¥यालीले मन्थलीबजार परिक्रमा गरी स्थानीय तीनलालपार्कमा पुगी सभामा परिणत भएको थियो । 

अधिवेशनले नवीन घिमिरेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको नयाँ कार्यसमितिमा उपाध्यक्ष द्वय अन्जु घिमिरे (महिला) र दामोदर घिमिरे (खुल्ला), सचिवमा सुन्दर घिमिरे र सहसचिव वेदकुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरेका साथै सदस्यहरूमा विनोद घिमिरे, दुर्गाबहादुर घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे चयन भएका नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिए ।      

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ४८ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस