‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’ « Khabarhub

‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

घोराही– घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताएका छन् । 

नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगौँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवर्द्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गरे। 

मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उनले आगामी शैक्षिकसत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गरे।

आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । उनले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिए ।

मगर समुदायले पहिलो पटक प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सञ्चालन गरेको हुँदा यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख चौधरीले बताए। आफ्नो संस्कार, संस्कृति र भाषालाई जगेर्ना गर्दै विकास र समृद्धिसँग जोड्नतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।  

आजदेखि सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएका छन् । 

कार्यक्रम उद्घाटन पूर्व मगर समुदायको मौलिक वेशभूषा, बाजागाजासहित शोभायात्रा निकालिएको थियो । मेलाले मगर समुदायको रीतिरिवाज, परम्परालाई जगेर्ना गर्न र यहाँको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास यहाँका मगर समुदायका अगुवाहरूले लिएका छन् । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ५५ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व