पौडेलको लोकदोहोरी ‘कस्तो अभागी’ सार्वजनिक « Khabarhub

पौडेलको लोकदोहोरी ‘कस्तो अभागी’ सार्वजनिक


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दीका प्रखर प्रत्यक्ष दोहोरी गायक हरिप्रसाद पौडेलको लोकदोहोरी गीत ‘कस्तो अभागी’ सार्वजनिक भएको छ ।

८औं म्याग्दी महोत्सवमा ‘कस्तो अभागी’ विमोचन गरिएको हो । दर्शकले खचाखच महोत्सवमा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बीर गर्बुजा र उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष तथा महोत्सवका मूलसंयोजक सुबिन श्रेष्ठले लोकदोहोरी गीत विमोचन गरे ।

हरिप्रसाद पौडेलको शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतमा हरिप्रसाद पौडेल र शारदा रसाइलीले स्वर दिएका छन् । गीतको म्युजिक भिडियोसमेत शुक्रबारै सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा मोडेलहरू विमल अधिकारी, सारिका केसी, विजयप्रकाश पौडेल, मिलन केसी, हरिप्रसाद पौडेल, गीता रेग्मीलगायतले अभिनय गरेका छन् ।

वियोगान्त कथालाई मार्मिक शब्द तथा लयमा उनिएको लोकदोहोरी गीतको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । मिलन फिल्म्स प्रोडक्सनले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् ।

भिडियाे

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ०० बजे

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।