पौडेलको लोकदोहोरी ‘कस्तो अभागी’ सार्वजनिक « Khabarhub

पौडेलको लोकदोहोरी ‘कस्तो अभागी’ सार्वजनिक


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दीका प्रखर प्रत्यक्ष दोहोरी गायक हरिप्रसाद पौडेलको लोकदोहोरी गीत ‘कस्तो अभागी’ सार्वजनिक भएको छ ।

८औं म्याग्दी महोत्सवमा ‘कस्तो अभागी’ विमोचन गरिएको हो । दर्शकले खचाखच महोत्सवमा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बीर गर्बुजा र उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष तथा महोत्सवका मूलसंयोजक सुबिन श्रेष्ठले लोकदोहोरी गीत विमोचन गरे ।

हरिप्रसाद पौडेलको शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतमा हरिप्रसाद पौडेल र शारदा रसाइलीले स्वर दिएका छन् । गीतको म्युजिक भिडियोसमेत शुक्रबारै सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा मोडेलहरू विमल अधिकारी, सारिका केसी, विजयप्रकाश पौडेल, मिलन केसी, हरिप्रसाद पौडेल, गीता रेग्मीलगायतले अभिनय गरेका छन् ।

वियोगान्त कथालाई मार्मिक शब्द तथा लयमा उनिएको लोकदोहोरी गीतको म्युजिक भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । मिलन फिल्म्स प्रोडक्सनले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् ।

भिडियाे

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ०० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम