भारतद्वारा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत « Khabarhub

भारतद्वारा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी हिंसा रोक्नका लागि दुई पक्षबीच भएको सम्झौताको स्वागत गरेको जनाएको हो ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताले दीगो शान्ति र मानवीय सहायता आपूर्ति सहज हुने अपेक्षा गरिएको जनाएको छ । विदेश मन्त्रालयले भारत लामो समयदेखि सबै बन्धकको रिहाइ, युद्धविराम तथा कूटनीति र वार्ताका माध्यमबाट हिंसा अन्त्य हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेको छ ।

भारतीय अखबार द हिन्दुका अनुसार कतार र अमेरिकाको मध्यस्थतामा दुई पक्ष युद्धविरामका लागि सहमत भएका हुन् । सम्झौता अनुसार हमासले आफ्नो कब्जामा रहेका ३३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : १९ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम