चार वर्षभित्र नेपालको जलवायु उत्तरदायी बजेट २० प्रतिशत ! | Khabarhub Khabarhub

चार वर्षभित्र नेपालको जलवायु उत्तरदायी बजेट २० प्रतिशत !


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले अबको चार वर्षभित्र जलवायु उत्तरदायी बजेट हिस्सा कुल विनियोजनमा २० पुर्‍याउने भएको छ । हाल यस्तो बजेटको अंश कुल विनियोजनमा ६ प्रतिशत हाराहारीमात्रै छ ।

गत माघ २३ गते बसेको सचिवस्तरीय छलफलबाट नेपाल सरकारका सचिवहरूले आर्थिक वर्ष २०८५/०८६ सम्म जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याउने निष्कर्ष निकालेका हुन्‌ ।

‘१६औँ योजना र हरित तथा जलवायुमैत्री विकास सम्बन्धी कार्यशाला’को सात बुँदे निष्कर्ष राष्ट्रिय योजना आयोगले सार्वजनिक गरिसकेको छ ।

आगामी आर्थिक वर्षदेखि नै सरकारले वातावरण संरक्षण, प्रदुषण नियन्त्रण, जलवायु उत्यानशीलता, विपद जोखिम न्युनीकरण र हरित अर्थतन्त्र प्रवर्धनलाई कार्यक्रम तथा बजेट विनियोजनको प्रमुख रणनीति बनाउने भएको छ ।

१६औँ योजनाका रुपान्तरणकारी क्षेत्र, विषयक्षेत्र एवम् कार्यक्रमहरूमा समन्वयात्मक अतिरिक्त लाभ सिर्जना गर्ने र विरोधाभाष घटाउनेगरी १६औँ योजनाको कार्यान्वयन गर्ने पनि सचिवहरूले प्रतिबद्धता जनाएका छन्‌ । १६औँ योजना कार्यान्वयन चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै सुरु भइसकेको छ ।

जलवायु परिवर्तन सम्बन्धी अनुकुलन (राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय अनुकुलन कार्ययोजना, न्यूनीकरण (राष्ट्रिय निर्धारित योगदान) र हानिनोक्सानी को लागि लगानी अभिवृद्धि कार्यक्रम कार्यान्वयन र अनुगमनमा जोड दिने निर्णय पनि सचिवहरूले गरेका छन्‌ । नेपालको विकास गतिविधि सन् २०४५ मा शून्य कार्बन हासिल हुनेगरी लागु गर्ने निष्कर्ष पनि उनीहरूको छ ।

मुलुकको आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच सामञ्जस्यता कायम गर्दै योजना अवधिमा जलवायु उत्तरदायी बजेटलाई ६ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्‍याउनेगरी काम गर्ने सचिवहरूले जनाएका छन्‌ ।

यसैगरी; विकसित मुलुक तथा विकास साझेदारहरूले जलवायु परिवर्तनको क्षेत्रमा प्रस्ताव तया घोषणा गरेका विकास सहायता प्राप्तिको लागि संवाद, सहमति र सम्झौता वार्ता अघि बढाउन सबै क्षेत्रलाई तयार बनाउने, अन्तर्राष्ट्रिय जलवायु कोष, कार्बन व्यापार, निजी क्षेत्र र विकास साझेदारको सहयोग विस्तार गर्न ठोस पहल गर्ने पनि सात बुँदे निष्कर्षमा उल्लेख छ ।

पर्वतीय मुलुक र जलवायु परिवर्तनका साझा मुद्दाहरूलाई अन्तर्राष्ट्रिय जलवायु ममहरूमा प्रभावकारी रूपमा उठाउन नेपाल सरकारले आगामी जेठ २-४, २०८२ मा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेकाले सफल बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने पनि सचिवहरूको प्रतिवद्धता छ ।

सोह्रौँ योजना र जलवायु परिवर्तन सम्बन्धी नीति तथा कार्यकमहरूको प्रभावकारी कार्यान्वयन गर्न अन्तर मन्त्रालय/निकाय समन्वय एवम् तीनवटै तहका सरकार र सरोकारवालाबीच समान बुझाई र क्षमता विकासको लागि कार्यकम संचालन गर्ने पनि सचिवहरू सहभागी कार्यशाला बैठकले निष्कर्ष निकालेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ०० बजे

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ।

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।