स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्ने « Khabarhub

स्वरोजगार लघुवित्तले एफपीओ निष्कासन गर्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता शेयर एफपिओ बिक्री गर्ने भएको हो । 

कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ । लघुवित्तले आफ्नो पुँजीको संरचना ३० प्रतिशत सर्वसाधारणको पुराउन एफपीओ जारी गर्ने भएको हो । 

एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ४८ बजे

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं