भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु « Khabarhub

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि  सीमित व्यावसायिक सेवाहरू पुनः सुरु गर्ने जनाएको छ । लाखौँ दक्षिण एसियाली नागरिकहरू मध्यपूर्वका विभिन्न देशहरूमा रोजगारीको शिलशीलामा बसोवास गर्दै आएको जनाइएको छ ।

यसै गरी इन्डिगोले भने मध्यपूर्वका देशहरू बीचको हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउदै लैजाने जनाएको छ । एयर इन्डिया एक्सप्रेसले मंगलबार देखि ओमानको राजधानी मस्कट जाने उडानहरू पुनः सुरु गर्ने बताएको छ ।

यद्यपि बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरू  भने हालसम्म स्थगित नै रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमा मार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

आक्रमणमा अबुधाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बंगलादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी हालैको घटनाक्रमको बारेमा चिन्ता व्यक्त  गरेको र आफ्ना नागरिकको सुरक्षा प्राथमिकता बारे जानकारी लिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : २८ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा