भारतमा कतारका राजा, मध्यराति एयरपोर्ट पुगेर मोदीले गरे स्वागत « Khabarhub

भारतमा कतारका राजा, मध्यराति एयरपोर्ट पुगेर मोदीले गरे स्वागत


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी सोमबार राति भारत आइपुगेका छन् । नयाँ दिल्ली विमानस्थलमा उनको स्वागतका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् पुगेका छन् ।

साउदी अरेबियामा अमेरिका र रसियाबीच वार्ता अघि बढिरहँदा छिमेकी कतारका राजा भने भारत यात्रामा निस्किएका हुन् । कतारले मध्यपूर्वमा जारी तनाव साम्य पार्न हमास र इजरायलबीच युद्धविरामका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो

तर, रसिया-युक्रेन युद्धलाई निकास दिन दुई महाशक्तिहरू छिमेकी साउदी अरेबियामा भेट हुँदै गर्दा कतारका राजाले भरतको भ्रमण गरेका हुन्।

कतारका राजालाई विमानस्थलमा स्वागत गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पनि प्रशंसासहित यात्रा फलदायी हुने बताएका छन् ।

‘मेरा भाइ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागका लागि एयरपोर्ट गएको थिएँ । आशा छ, उनको भारत यात्रा सफल हुनेछ । मंगलबार हुने भेटवार्तालाई लिएर म उत्साहित छु ।’

उता भारतका विदेश मन्त्री एस. जयशंकरले पनि एक्समा लेख्दै कतारका राजाको स्वागत गरेका छन् । ‘कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भारत यात्रामा आउनु भएको छ । मलाई भरोसा छ, प्रधानमन्त्री मोदीसँग हुन लागेको भेटवार्ताबाट दुवै देशबीचको मित्रतालाई अझ बलियो बनाउने छ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमाद अल थानी मंगलबार अपरान्ह स्वदेश फर्किनेछन् ।

कतार र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना ७० को दशकमा भएको थियो । कतारले भारतमा आफ्नो दूतावासका लागि जनवरी १९७४ मा पहिलो चार्ज द अफेयर्सको नियुक्ति गरेको थियो । त्यसपछि मे १९७४ मा कतारले आफ्नो पहिलो राजदूत भारतका लागि नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ०५ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना