भारतमा कतारका राजा, मध्यराति एयरपोर्ट पुगेर मोदीले गरे स्वागत | Khabarhub Khabarhub

भारतमा कतारका राजा, मध्यराति एयरपोर्ट पुगेर मोदीले गरे स्वागत


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी सोमबार राति भारत आइपुगेका छन् । नयाँ दिल्ली विमानस्थलमा उनको स्वागतका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् पुगेका छन् ।

साउदी अरेबियामा अमेरिका र रसियाबीच वार्ता अघि बढिरहँदा छिमेकी कतारका राजा भने भारत यात्रामा निस्किएका हुन् । कतारले मध्यपूर्वमा जारी तनाव साम्य पार्न हमास र इजरायलबीच युद्धविरामका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो

तर, रसिया-युक्रेन युद्धलाई निकास दिन दुई महाशक्तिहरू छिमेकी साउदी अरेबियामा भेट हुँदै गर्दा कतारका राजाले भरतको भ्रमण गरेका हुन्।

कतारका राजालाई विमानस्थलमा स्वागत गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पनि प्रशंसासहित यात्रा फलदायी हुने बताएका छन् ।

‘मेरा भाइ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागका लागि एयरपोर्ट गएको थिएँ । आशा छ, उनको भारत यात्रा सफल हुनेछ । मंगलबार हुने भेटवार्तालाई लिएर म उत्साहित छु ।’

उता भारतका विदेश मन्त्री एस. जयशंकरले पनि एक्समा लेख्दै कतारका राजाको स्वागत गरेका छन् । ‘कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भारत यात्रामा आउनु भएको छ । मलाई भरोसा छ, प्रधानमन्त्री मोदीसँग हुन लागेको भेटवार्ताबाट दुवै देशबीचको मित्रतालाई अझ बलियो बनाउने छ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमाद अल थानी मंगलबार अपरान्ह स्वदेश फर्किनेछन् ।

कतार र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना ७० को दशकमा भएको थियो । कतारले भारतमा आफ्नो दूतावासका लागि जनवरी १९७४ मा पहिलो चार्ज द अफेयर्सको नियुक्ति गरेको थियो । त्यसपछि मे १९७४ मा कतारले आफ्नो पहिलो राजदूत भारतका लागि नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ०५ बजे

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बैंकक– सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक