सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’ « Khabarhub

सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी अटोपाट्र्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा फाल्गुन १ गते काठमाडौंस्थित होटेल क्राउन इम्पेरियरमा आयोजित ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ ‘गुरुक्षेत्र-२, २०२५’ कार्यक्रम सम्पन्न भएको छ । 

टाटा गुरु-मेकानिक्स प्राविधिक-बीच सम्पन्न उक्त प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र-२, २०२५’मा सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन् । उक्त प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरु सहभागिता थिए ।

सिप्रदीका अनुसार द्वितीयमा टाटा गुरु लाल बहादुर नेगी र तृतीयमा गुरु ब्रह्मानन्द चौधरी र सञ्जय दनुवार रहेका छन् ।

सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरूलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स  सिप्रदी अटोपाट्र्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको जानकारी गराए । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ०७ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।