शेयर बजार बढ्यो, कारोबार १० अर्ब बढी « Khabarhub

शेयर बजार बढ्यो, कारोबार १० अर्ब बढी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब १२ अंकले बढेको छ। नेप्से ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले बढ्दा १० अर्ब बढीको कारोबार भएको छ। 

१० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर कारोबार भएको छ । 

८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार ५८५ पटक शेयर किनबेच भएको छ। 

यस्तै ४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्य भने नकारात्मक सर्किट लागेको छ । आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ। 

बसैभन्दा बढी अन्य समूह ३.६७ प्रतिशतले बढेको भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह १.७४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : २४ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व