भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन « Khabarhub

भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्याली सकिएको थियो । त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलनमा क्याम्पसमा उपलब्ध धेरै विद्यार्थीहरुको उपस्थिति रह्यो।

पुल्चोकका विद्यार्थीले ‘प्रकृतीलाई न्याय दे ’, ‘Justice for Prakriti’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।

“प्रकृति लम्सालले न्याय पाउन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ !” नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारी भन्छन् ! अन्य विद्यार्थीहरूले पनि आफूहरू प्रकृतिको न्यायको लागि उपस्थित भएको जनाए।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २३ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार