रोजगारी सिर्जनाको लागि उद्योग स्थापना गर्न आवश्यक छ : मुख्यमन्त्री लामा  | Khabarhub Khabarhub

रोजगारी सिर्जनाको लागि उद्योग स्थापना गर्न आवश्यक छ : मुख्यमन्त्री लामा 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमै रोजगारी सिर्जना गर्न पहिले उद्योग स्थापना गर्न आवश्यक रहेको बताएका छन् । दिगो विकास र उद्योग स्थापना गर्न सके मात्र रोजगार सिर्जना गर्न सकिने बताए।

मंगलबारबाट सुरु भएको तेस्रो दोलखा महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री लामाले गाउँ तथा जिल्लामा उद्योग खोल्न सके देशमै रोजगार स्थापना गर्न सकिने बताए।

महोत्सवलाई सम्बोधन गर्दै उनले बागमती प्रदेश सरकारले निजीको प्रवर्द्धन गर्न आफू नेतृत्वको सरकारले लगानी गरिरहेको बताए।उनले प्रदेश सरकारले उद्योग कलकारखाना खोलेर देशमै केही गर्छु भन्ने युवाहरूलाई बैंक तथा वित्त संस्थाले सहुलियत कर्जा प्रवाह गर्नु पर्ने र त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

कार्यक्रम बागमती प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको दोलखा महोत्सवले समग्र जिल्लाको आर्थिक उन्नतिको लागि सकारात्मक सन्देश दिएको उल्लेख गरे।महोत्सवलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले बागमती प्रदेश सरकारले दोलखाको विकास र समृद्धिको लागि लगानी गरिरहेको बताए ।

जिल्लाका स्थानीय मुख्य राजमार्ग देखि सहायक सडक आयोजना निर्माणमा प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले आउँदो बजेट अधिवेशनमा पनि दोलखाको विकास निर्माणलाई प्राथमिकता दिने बताए ।

यो पनि पढ्नुहोस् : आजदेखि दोलखा महोत्सव सुरु (तस्बिरहरू) 

कार्यक्रम बागमती प्रदेश सदस्य भरतबहादुर केसी,नेपाली कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, जिल्लाका नौ वटै पालिकाका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतले महोत्सवलाई सम्बोधन गरेका थिए ।

महोत्सव दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षयतामा उद्घाटन गरिएको थियो।

मुख आयोजक रहेको दोलखा वाणिज्य संघले जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने,दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर जिल्लामा बाहिरी पर्यटक भित्र्याउने र दोलखा घुम्ने वातावरण सिर्जना गर्ने मुख्य उद्देश्य रहेको छ ।

आगामी फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा फरक दिन फरक फरक प्रस्तुति रहेन संघका महासचिव सुरेश उप्रेतीले बताए ।

महोत्सवमा एक लाख पुरस्कारको दोहोरी आइडल प्रतियोगिता,अन्तर विद्यालयका प्रतियोगिता तथा विकास र पर्यटकीय स्थल तथा पर्यटन सम्बन्धी भिडियो डकुमेन्ट्री प्रदर्शन गरिने उनले बताए ।

त्यसैगरी दैनिक साङ्गीतिक मनोरञ्जनका लागि कलाकार राजनराज शिवाकोटी ,रचना रिमाल, प्रीति आले ,ज्योती मगर ,रमेशराज भट्टराई लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय हस्तकलाका सामग्री प्रदर्शन,विभिन्न जातजातिको भेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यावसायिक बस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्बिर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ ।

महोत्सव विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय व्यापारी,व्यवसायीहरूका करिब एक सय पचास वटा स्टलहरू राखिएको छ। –सुबास बस्नेत

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ५० बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल