सचिवलाई कुटपिट- बन्दीपुरका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न म्याद « Khabarhub

सचिवलाई कुटपिट- बन्दीपुरका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न म्याद


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

पोखरा– आफ्नै वडाको सचिव कुटेको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा अध्यक्ष बलबहादुर गुरुङमाथि अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थपिएको छ । 

जिल्ला प्रहरी कार्यालयले गुरुङलाई आइतबार नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । बिल फर्स्योटमा आनाकानी गरेको भन्दै वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुषालमाथि आइतबार कुटपिट गरेका थिए ।
 
घटनापछि नियन्त्रणमा लिइएका गुरुङमाथि तनहुँ जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि लागू हुने गरी पहिलो पटक १० दिनको म्याद थप गरेको हो । 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजु अधिकारीका अनुसार गुरुङविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी छ ।

बन्दिपुर गाउँपालिका–६ धरमपानीस्थित वडा कार्यालयमा फागुन ५ गते बिहान करिब १०ः३० बजे वडा अध्यक्ष कप भलिबल खेल सञ्चालनको भुक्तानी प्रक्रियासम्बन्धी विवाद भएको थियो । 

विवादपछि वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घाइते भुसाललाई प्रारम्भिक उपचारपछि थप उपचार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ४९ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा