दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै « Khabarhub

दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तीर्थयात्री जाने गरेका छन् ।

पुस २९ बाट सुरु भई फागुन १४ सम्म सञ्चालन हुने सो मेलामा जमुनाहा नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि गइरहेका पाइएको छ ।

गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्दा पापको प्रायश्चित्त भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक पाँच हजारसम्म श्रद्धालु प्रयागराज गइरहेका इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए।

उनले सोही कारण केही दिनयता नाकामा ठुलो भिडभाड बढेकाले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताए ।

१४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगन्ज–८ का अरुण श्रेष्ठले बताए । उनले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरिबाटै नेपाली त्यहाँ पुगेका बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : २७ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई